सचेत रहौ, ठगिन बाट बचौ
सचेत रहौ, ठगिन बाट बचौ
हुलाक सेवाबाट प्रवाहित हुने सेवामा आधारित विभिन्न मेल तथा डकुमेन्टहरू लिनका लागि रकम (बैंक ट्रान्सफर गरी) बुझाउन भनि विभिन्न प्रकारका सूचना तथा म्यासेजहरू विभिन्न व्यक्तिलार्इ पठार्इ ठगीको प्रयास भएको व्यहोरा हुलाक सेवा विभागको जानकारीमा आएको छ । हुलाक सेवाबाट लिनु पर्ने मेल, डकुमेन्ट तथा सरसामान लिनका लागि भनि गरिएको यस्तो सूचना आधिकारिक नभएको र सर्वसाधरण नागरिकलार्इ ठगी गर्ने मनसायबाट गरिएको बुझिदा यस प्रकारका गलत तथा भ्रामक सूचनाका आधारमा कहिँ कसैको नाममा वा खातामा रकम नपठाउन हुन र ठगिनबाट बच्नहुन आम सर्वसाधारणमा अनुरोध गर्दछौ |
साथै अनलार्इन भुक्तानीमा आधारित भर्इ वा बैंक खातामा रकम प्राप्त गरेर प्रदान गर्ने प्रकारका कुनै पनि हुलाक सेवाहरू उपलब्ध नरहेको व्यहोरा जानकारी गराउँदै सम्बन्धित हुलाक कार्यालयका आधिकारिक व्यक्तिलार्इ कार्यालय समयभित्र भेटेर मात्रै हुलाकसँग सम्बन्धित सेवा प्राप्त गर्न गराउन हुन सुचित गर्दछौ |