|
Written by Administrator
|
|
Tuesday, 12 August 2008 22:33 |
|
हुलाकबाट गर्न थालिएका नयाँ सेवाहरु
हुलाक सेवा विभागले हाल आएर Western Union Money Transfer सगं संझौता गरी सो मार्फत आएको रकम भुक्तानी गर्ने कार्यको थालनी गरेको छ।
यो सेवा सर्वप्रथम गोश्वारा हुलाक कार्यालय, सुन्धाराबाट संचामन भएको र सो समेत दश ठाउँबाट यो सेवा संचालन गर्न शुरुवात गरिएको छ साथै अरु १२ स्थान समेत छनौट भएका छन्। Public Private Partnership सम्बन्धि अवधारणा समेत हुलाक सेवाले अंगिकार गरेको छ।
Pilot Project को रुपमा म.पे.क्ष.हु.नि सुर्खेत, जि. हु का काभ्रे बाट E-Post सेवा संचालन भएका छन्। गोश्वारा हुलाक कार्यालयबाट पनि यो सेवा संचालन गरिएको छ।
सेवाग्राहीहरुको सेवाकोस्तर सरल र समय कममा हुन सकोस भनी कम्प्युटर मार्फत छिटो छरिटो काम गर्न गोश्वारा हुलाक कार्यालय, पर्सा जि. हु. का. , रुपन्देही जि. हु. का., प. क्षे. हु. नि. पोखरा, बाँके जि. हु. का., पू. क्षे. हु. नि. मोरङ लगायत स्थानमा Counter Automation गरी यान्त्रिक रुपमा हुलाक सेवा संचालन गरि रहेको छ।
हुलाक सेवा विभागले गाउँघर र दुर्गम क्षेत्रमा संचारको सेवा सहज र सरल रुपमा ग्रामिण जनताले उपभोग गर्न पाउन् भनि टेलिसेन्टरको लागि आवस्यक पहल गरि यो सेवा विभिन्न हुलाक कार्यालय मार्फत संचालन गरि आएको छ। विस्त्रित जानकारीको लागि : हुलाक सेवा विभाग, डिल्लिबजार, काठमाणडौ। फो नं : ४४११३५३, ४४२१२८३, ४४२१२८६ फ्याक्स: ४४१४६८८
|
|
Last Updated on Monday, 15 June 2009 04:36 |