नेपाली        
शिलवन्दी बोलपत्र आह्वानको सूचना

हुलाक सेवा विभाग डिल्लीबजारको

नाइलन डांक थैलाहरु खरिद गर्ने वारेको

सिलबन्दी बोलपत्र आव्हानको

सूचना

सूचना मिति:-२०६७।०४।२९

 

यस विभागलाई आ.व. ०६७/६८ को लागि आवश्यक पर्ने नाइलन डांक थैलाहरु सिलबन्दी बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्ने भएकाले ईजाजत प्राप्‍त इच्छुक स्वदेशि निर्माता कम्पनिहरुले यो सूचना तथा बोलपत्र फारममा उल्लेखीत शर्तहरु एवं रित पुरा गरि यस विभाग वा गोश्‍वरा हुलाक कार्यालय सुन्धाराबाट यो सूचना गो.प.मा प्रकाशित भएको मितिले ३० दिन भित्र कार्यालय समयमा बोलपत्र फाराम खरिद गरि ३१ औं दिन १२:०० बजे भित्र यस विभाग वा गोश्‍वरा हुलाक कार्यालय सुन्धारामा सिलबन्दी बोलपत्र पेस गर्न आव्हान गरिन्छ। सप्लाई गर्नुपर्ने डांकथैलाहरुको विवरण, परिमाण एवं स्पेशिफिकेसन बोलपत्र फाराममा उल्लेख गरिएको छ।

 

शर्तहरु:-

१.      सिलबन्दि बोलपत्रको लागि रु.१,०००। (फिर्ता नहुने गरि) नगद बुझाइ गर्खास्त साथ नविकृत निर्माता कम्पनि दर्ता प्रमाणपत्र, आयकर दर्ता पर्माण पत्र तथा मुल्य अभिबृद्दि कर दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि १/१ प्रति पेश गरि यस विभाग वा गोश्‍वरा हुलाक कार्यालय सुन्धाराबाट बोलपत्र फाराम प्राप्‍त गर्न सकिनेछ।

२.      बोलपत्र फाराम साथ आफुले कबोल गरेको कुल रकमको २.५ प्रतिशतले हुन आउने रकम यस विभागको स.अ.१३१४६५/०६७ ने.रा.बैङ्क थापाथलि स्थित धरौटि खातामा जम्मा गरेको सक्कलै बैङ्क भौचर वा सोहि रकम बराबरको कम्तिमा १२० दिन अवधि भएको मान्यता प्राप्‍त बैङ्कको बैङ्क जमानी पत्र (विड वण्ड) पेश गर्नु पर्नेछ। बोलपत्र फारामको शिरमा रु.५। को हुलाक टिकट टांस गर्नु पर्नेछ।

३.      म्याद भित्र पर्न आएका सिलबन्दी बोलपत्रहरु ३१ औ दिन अपरान्ह २.०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रहोवरमा यस विभागमा खोलिने छ। बोलपत्रदाता वा प्रतिनिधिहरुको उपस्थिति नभएमा पनि बोलपत्र खोल्ने कार्यमा बाधा पुग्ने छैन।

४.      बोलपत्र खरिद गर्ने अन्तिम दिन वा दाखीला गर्ने, खोल्ने दिन सार्वजनिक विदा परि कार्यालय बन्द भएमा उक्त कार्य त्यस पछि कार्यालय खुलेको दिन हुने छ।

५.      बोलपत्र पुरै स्वीकृत गर्ने, आंशिक स्वीकृत गर्ने, अस्वीकृत गर्ने तथा तोकिएको परिमाणमा घटि वा बढि लिने गरि स्वीकृत गर्ने सम्पुर्ण अधिकार यस विभागमा सूरक्षित रहने छ।

६.      बोलपत्र सम्बन्धि अन्य कुराहरु बुझ्‍न परेमा कार्यालय समय भित्र यस विभागमा आई सम्पर्क राख्‍न सकिने छ।

 

download doc format  here !

 

 
Postal Services Department,